images
images

बैंक तथा वित्तीय संस्थामा थुप्रियो तरलता, राष्ट्र बैंकले आज ४० अर्ब खिच्ने

बैंक तथा वित्तीय संस्थामा थुप्रियो तरलता, राष्ट्र बैंकले आज ४० अर्ब खिच्ने

बैंक तथा वित्तीय सस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • बैंक तथा वित्तीय संस्थामा थुप्रियो तरलता, राष्ट्र बैंकले आज ४० अर्ब खिच्ने

    काठमाडौँ / राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको माध्यमबाट तरलता प्रशोचन गर्ने भएको हो । 

    images
    images

    २०८१ साउन ९ गते मध्यान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप सङ्कलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले जनाएको छ । उक्त निक्षेपपत्र आजै बिक्री गरिनेछ जसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

    निक्षेप सङ्कलन बोलकबोलमा भाग दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

    कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले नियमित रूपमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता खिचिरहेको छ । साउन २ गतेसम्म ७७.८७ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग ६ खर्ब रुपैयाँबढी तरलता रहेको छ । 

    यो  बैंक तथा वित्तीय सस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । हाल बैंक तथा वित्तीय संस्थामा ६४ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन हुँदा कर्जा लगानी भने ५१ खर्ब ४४ अर्बबढीले मात्रै हुन सकेको पछिल्लो तथ्याङ्क छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार