images
images

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रीत गरिने बताएका छन् । 

    images
    images

    बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी परिवर्तनको एजेण्डाको मात्रै नभई सुसासन र समृद्धिको एजेण्डाको पनि जननी भएकोले जनतामा त्यस कुरालाई स्थपित गर्न जरुरी भएको बताए । 

    उनले अहिले आफूहरुलार्य हटाउन षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको बताए । उनले अब पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको उल्लेख गरे ।

    “सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ”, प्रचण्डले भने  ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।” 

    प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी  कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए । 

    “मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का, भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन” प्रचण्डको भनाइ छ ।

    प्रचण्डले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए।

    पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने स्पष्ट पारे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार