images
images

एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा, कतिको भयो आयात–निर्यात ?

एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा, कतिको भयो आयात–निर्यात ?

गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा, कतिको भयो आयात–निर्यात ?

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार गत आर्थिक बर्ष ०८०/८१ को साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

    आर्थिक वर्ष २०८०र८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको छ । यस्तै नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै सो अवधिमा नेपालतर्फ १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार