images
images

दराजमार्फत भएको बिक्रीको १० प्रतिशत राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने एक्स–एज नेपालको घोषणा

दराजमार्फत भएको बिक्रीको १० प्रतिशत राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने एक्स–एज नेपालको घोषणा

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • दराजमार्फत भएको बिक्रीको १० प्रतिशत राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने एक्स–एज नेपालको घोषणा

    काठमाडौँ / एक्स-एज नेपालले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग गर्ने घोषणा गरेको छ । एसीसी वुमन्स एसिया कपमा सहभागी भएको अवसरमा महिला क्रिकेट टोलीलाई दराज इ(कमर्स प्लेटफर्म मार्फत भएको आफ्नो कुल बिक्रीको १० प्रतिशत  प्रदान गर्ने घोषणा गरेको हो ।

    images
    images

    कम्पनीले यही एसीसी वुमन्स एसिया कप २०२४ को अवधिभर, २०८१ श्रावण ४ देखि १३ गतेसम्म दराज नेपालमा उपलब्ध  एक्स-एजका हरेक उत्पादनहरुको बिक्रीमा, उक्त बिक्रीको १०५ रकम सिधैँ राष्ट्रिय महिला क्रिकेट टोलीलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।  

    यो महत्त्वपूर्ण योगदान नेपाली क्रिकेटको प्रगति र समृद्धि प्रति एक्स–एज नेपालको प्रतिबद्धताको प्रमाण हो जसले नेपालको खेलकुद विकास प्रति कम्पनीको समर्पणलाई पनि झल्काएको छ। साथै, यस कदमले देशका खेलाडीहरुलाई खेलकुद जगतमा प्रोत्साहन प्रदान गर्ने  विश्वास जनाएको छ। 

    कम्पनीको अनुसार यस ऐतिहासिक क्षण सम्पूर्ण नेपालीहरुको लागि राष्ट्रको गौरवलाई प्रोत्साहन र समर्थन देखाउने  एक सुवर्ण अवसर पनि  हो। यस अवधिभर दराज नेपालमा राखिएका कुनै पनि एक्स–एजका उत्पादन खरिद गर्दा त्यसको लाभ राष्ट्रिय महिला क्रिकेट टोलीले पाउनेछ।

    नेपाली महिला क्रिकेट टोलीले  इतिहास रच्दै राष्ट्रिय गौरव बढाएकोले उहाँहरुलाई माया र समर्थन दिन एक महत्त्वपूर्ण प्रयास गरेको कम्पनीको भनाई  छ। यसका साथै सम्पूर्ण नेपालीलाई आ–आफ्नो तर्फबाट कुनै न कुनै रुपले नेपाली खेलाडीलाई प्रोत्साहन गर्न कम्पनीले अनुरोध गरेको छ।

    एक्स–एज नेपालले निरन्तर रूपमा नेपाली क्रिकेटको विकास र प्रगतिका लागि विभिन्न गतिविधिहरुमा सक्रिय भई नेपाल क्रिकेट संघलाई आफ्नो समर्थन देखाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार