images
images

रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपालमा, मूल्य कति ?

रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपालमा, मूल्य कति ?

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपालमा, मूल्य कति ?

    काठमाडौँ / सर्वाधिक विश्वसनीय मोबाईल ब्राण्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरूले फरक अनुभवको प्रत्याभूति दिनेछ । 

    images
    images

    एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।

    उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने “रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित छौं । रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ । हामी विश्वस्त छौं कि यी स्मार्टफोनहरूले नेपालको उद्योगमा नयाँ आयाम ल्याउनेछ ।” 

    विशेषताहरू

    रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरू फोन भन्दा फरक बनाउछ र उत्कृष्ट फोटोग्राफी क्षमता प्रदान गर्दछ । 
    यो फोनमा १२० हर्जको अल्ट्रा स्मूथ एमोल्ड डिस्प्लेको साथमा २००० निटस् लोकल पिक ब्राइटनेसले जिवन्त दृश्य प्रदान गर्दछ । 

    यसैगरी, डाइमेन्सीटी ७०५० ५जी चिपसेटद्वारा संचालित रियलमी नार्जो ७० प्रो ५जी ले उत्कृष्ट प्रफर्मेन्स दिन्छ । साथै, ५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथमा रियलमी नार्जो ७० प्रो ५जी ले लामो समयसम्म चल्ने र द्रुत रिचार्जिङको ग्यारेन्टी दिन्छ । 

    ग्लास ग्रिन तथा ग्लास गोल्डमा उपलब्ध होराईजन ग्लास डिजाईनले रियलमी नार्जो ७० प्रो ५जी लाई अझ बढी आकर्षक बनाउछ । मनमोहक डिजाइन, टचलेस कन्ट्रोल र एयर जेस्चर जस्ता उन्नत सुविधाहरू यस स्मार्टफोनमा उपलब्ध छ ।

    रियलमी १२ एक्स ५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउछ र प्रयोगकर्ताहरूले सजिलैसँग उत्कृष्ट तस्विरहरू खिच्न सक्छन् । 
    यो फोनको पछाडि लागेको २ एमपीको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरू खिच्छ । 

    सेल्फीका लागि, यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्स जस्ता विभिन्न फोटोग्राफी प्रकार्यहरू सहितको ८ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा प्रदान गर्दछ ।
    रियलमी १२ एक्स ५जीमा ६.७२ ईन्चको १२० हर्ज एफएचडी+ डिस्प्ले छ जसले ९५० निटस् सम्मको ब्राईटनेस प्रदान गर्दछ । यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्ताहरूलाई सहज स्क्रोलिङ्गको सुविधा दिन्छ । 

    यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ्ग प्रणालीमा काम गर्छ जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ्ग एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिन्छ । 

    ७.६९ मिलिमिटरको मोटाई र करिब १८८ ग्रामको तौल भएको रियलमी १२ चुस्त ५जी पातलो र एकदमै रूचाईएको डिजाइनमा उपलब्ध छ । यो फोन ट्वाईलाईट पर्पल र वूडल्याण्ड गरी दुई रङ्गहरूमा उपलब्ध छन् । यसका साथै हरेक फोनको खरिदमा ग्राहकहरूले आवश्यक सामानहरू प्राप्त गर्न सक्नेछन् । 

    मेडियाक डाईमेन्सीटी ६१००+ ५जी चिपसेटद्वारा सञ्चालित रियलमी १२ एक्स५जीमा अत्याधुनिक ६एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको हुन्छ । 

    मूल्य र उपलब्धता

    रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य ३३ हजार ९९९ रूपैयाँ रहेको छ भने रियलमी १२ एक्स ५जीको मूल्य २४ हजार ९९९ रूपैयाँ रहेको छ । यी दुबै फोनहरू नेपालका सम्पूर्ण आधिकारिक रियलमी बिक्रेताहमार्फत उपलब्ध छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार