images
images

एक बर्षमा विदेशिनेको सङ्ख्या ३.८९ प्रतिशतले घट्यो, नेपालीको पहिलो रोजाई बन्दै युएई

एक बर्षमा विदेशिनेको सङ्ख्या ३.८९ प्रतिशतले घट्यो, नेपालीको पहिलो रोजाई बन्दै युएई

एक बर्षमा कामको खोजीमा मलेसिया जानेको सङ्ख्या ६० प्रतिशतबढीले घट्दा युएई पुगे १ लाख ९३ हजारबढी

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • एक बर्षमा विदेशिनेको सङ्ख्या ३.८९ प्रतिशतले घट्यो, नेपालीको पहिलो रोजाई बन्दै युएई
    फाइल फोटो

    काठमाडौँ / काम गर्न विदेशिने युवाको सङ्ख्या अनपेक्षितरूपमा घट्न थालेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०/८१ मा विदेशिने नेपालीको सङ्ख्या ३.८९ प्रतिशतले घटेको हो ।

    images
    images

    विभागले एक बर्षमा ७ लाख ४१ हजार २९७ नेपाली कामको खोजीमा विभिन्न मुलुकमा पुगेको जनाएको  छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ३.८९ प्रतिशतले कम हो । 
    अघिल्लो आथिृक बर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएका थिए । 

    तथ्याङ्क अनुसार एक आर्थिक बर्षमा औसतमा प्रतिमहिना ६१ हजार ७७४ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा भने करिब दुई हजार ६० जनाले देश छाडिरहेका छन् । 

    यस वर्ष सुरुवाती महिनामा विदेश जाने नेपालीको सङ्ख्या केही कम भए पनि चाडबाडपछि भने विदेशिनेको सङ्ख्या बढ्न थालेको थियो । यो आँकडा मंसिरपछि भने केही कम भए पनि आवको अन्तिममा भने सामान्य बढेको हो । 

    चालु आवको मंसिरमा ७१ हजार २ सय ७६ ले श्रम स्वीकृति लिएकोमा माघमा ६२ हजार १ सय ४७ मा झरेको छ । गत वर्ष भने कीर्तिमानी सङ्ख्यामा नेपाली विदेशिएका थिए । यसरी विदेशिनेको सङ्ख्यामा यो वर्ष भने केही ‘ब्रेक’ लागेको देखिएको छ । असार मसान्तसम्ममा विदेशिनेमध्ये ६ लाख ६१ हजार १२५ पुरुष र ८० हजार १७२ महिला रहेका छन् ।

    मलेसियामा जाने ६०.१६ प्रतिशतले घटे

    अघिल्लो आवमा नेपालीको पहिलो श्रम गन्तव्य बनेको मलेसियमा गत आवमा भने आर्कषण घटेको देखिएको छ । अघिल्लो आवमा दुई लाख ५९ हजार ५९४ नेपाली मलेसिया पुगेकोमा गत आवमा भने एक लाख ३ हजार ४४२ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । मलेसियामा जानेको सङ्ख्या अघिल्लो आवको तुलनामा ६०.१६ प्रतिशत अर्थात एक लाख ५६ हजार १५२ जनाले घटेको हो । 

    २०२३ मे मा मलेसियाले मागभन्दा आपूर्ति बढी भएको र त्यसले आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै अर्को आदेश नहुँदासम्मका लागि भन्दै आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको थियो । उक्त निर्णयका कारण पनि सङ्ख्यामा केही कमी आएको वैदेशिक रोजगार विभागका निर्देशक (सूचना अधिकारी) गुरुदत्त सुवेदी बताउँछन् । 

    यतिबेला मलेसियाले आप्रवासी श्रमिक लिएको छैन। कुल श्रमिकको १५ प्रतिशत मात्रै आप्रवासी श्रमिक राख्ने नीतिका कारण मलेसियाले २०२३ मार्चदेखि नै विदेशी कामदारको भर्नामा रोक लगाएको थियो । जसले गर्दा नै श्रम स्वीकृतिमा कमी आएको उनको भनाइ छ।

    युएईमा किन बढ्यो आर्कषण ? 

    गत आवमाा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य युएई बनेको छ । अघिल्लो आव भने मलेसियामा नेपालीको लर्को लागेको थियो । एक आर्थिक बर्षमा लागि एक लाख ९३ हजार ४३८ जना नेपाली कामको खोजीमा यूएई पुगेका छन् ।

    अघिल्लो आर्थिक बर्ष ०७९/८० को तुलनामा यस आवमा युएई जानेको सङ्ख्या ६६.५२ प्रतिशत अर्थात ७७ हजार २७९ जनाले धेरै हो । आव ०७९÷८० मा एक लाख १६ हजार १५९ जनाले युएईका लागि स्वीकृति लिएका थिए । 

    केही वर्ष बसेपछि यूएईलाई गन्तव्य बनाएर युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा जाने क्रम बढेका कारण पछिल्लो समय यूएई नेपालीको पहिलो रोजाइमा पर्ने गरेको देखिन्छ ।

    अर्कोतर्फ, कोभिड महामारी कम भएपछि मागसमेत क्रमशः बढ्न थालेसँगै खाडी देशमा नेपालीको सङ्ख्या बढिरहेको जनाइएको छ । एसियाली र अफ्रिकी नागरिकहरूका युएई लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य पनि मानिन्छ ।

    तथ्याङ्क अनुसार अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक रहेको छ । युएईमा सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको यहाँ ठुलो माग हुने गरेको निर्देशक सुवेदी बताउँछन् । 

    यहाँको आर्थिक गतिविधि निकै तीब्र रूपमा विकास भइरहेको छ । सरकारले दक्ष जनशक्तिलाई प्राथमिकता दिए पनि अधिकांश नेपाली सिपविहीन अवस्थामा विदेश पुग्ने गरेका उनले बताए । 

    “नेपालीहरूले तालिम लिई दक्षता हासिल गरेर, आधिकारिक माध्यमबाट युएई जाने हो भने यसबाट राम्रो लाभ लिन सकिन्छ” उनले भने, “भिजिट भिसामा युएई गएर काम गरेर बस्ने नेपालीको संख्या पनि उल्लेख्य रहेको बताइन्छ । यसरी जाने नेपालीहरूको संख्या भने तथ्याङ्कमा उल्लेख छैन ।”  

    यस्तै, गत आवमा युएई पछि साउदी अरब जाने नेपालीको सङ्ख्या धेरै छ । साउदीमा एक आर्थिक बर्षमा एक लाख ४१ हजार ५०२ श्रम स्वीकृति जारी भएको छ । त्यसैगरी कतारका लागि एक लाख ३४ हजार ६६९, कुवेतको लागि ४० हजार ३६८ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

    काम सिकेर बाहिरिए पाँच लाख ३२ हजार युवा

    एक आर्थिक बर्षका लागि काम खोज्दै पाँच लाख ३२ हजार १२३ सिपयुक्त (काम सिकेर) युवा नेपालबाट बाहिरिएका छन् भने अदक्ष रूपमा १ लाख ४५ हजार ५४७ बाहिरिएका छन् । 
    वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०-८१ मा काम खोज्दै दुई हजार सात सय ७२ जना सिपयुक्त (प्रोफेसनल) युवा वैदेशिक रोजगारीमा गएका छन् ।

    यस्तै, उच्च दक्षता भएका सात सय ३२ जना, अर्धदक्ष ६० हजार १२३ जनाले श्रम स्वीकृति लिएका छन् । ०८०/८१ मा ७ लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ८० हजार १७२ महिला र ६ लाख ६१ हजार १२५ पुरुष छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार