images
images

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख पुग्यो, पुँजी, शाखा सञ्जाल र निक्षेपमा पनि पहिलो नम्बरमा

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख पुग्यो, पुँजी, शाखा सञ्जाल र निक्षेपमा पनि पहिलो नम्बरमा

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख पुग्यो, पुँजी, शाखा सञ्जाल र निक्षेपमा पनि पहिलो नम्बरमा

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक सङ्ख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । 

    images
    images

    साथै, हालै मात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक सङ्ख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्ये पहिलो नम्बरमा रहेको छ ।

    ग्राहकमैत्री सेवाहरू, साना तथा मझौला व्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरूका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ । 

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । 

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार