images
images

सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ नजिक, अझै कति बढ्ला ?

सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ नजिक, अझै कति बढ्ला ?

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ नजिक, अझै कति बढ्ला ?

    काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य प्रतितोला करिब डेढ लाख रुपैयाँ नजिक पुगेको छ । केही दिन यता दैनिक नयाँ रेकर्ड बनाएको सुनको भाउ आज एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बृद्धि भइरहेको कारणले नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ । मूल्य बृद्धि र अफसिजन भएको कारणले अहिले बजार सुनसान रहेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । 

    उनले सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैङ्कले ब्याज दर घटाउने चर्चा कारण अहिले मूल्य बढेको जानकारी दिए ।

    अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ भित्रै सुनको मूल्य प्रतितोला २५ सय डलर पुग्ने अनुमान गरिएको उनको भनाई छ । यदी विश्व बजारमा सुनको भाउ प्रतितोला २५ सय डलर पुगेमा नेपाली बजारमा सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँभन्दा बढी पर्न जान्छ ।

    त्यस्तै, आज तेजावी सुनलाई प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँ पुगेको छ भने चाँदीको भाउ पनि बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ९५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार