images
images

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज आइतबार र शपथ सोमबार

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज आइतबार र शपथ सोमबार

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • नयाँ प्रधानमन्त्रीको नियुक्ति आज आइतबार र शपथ सोमबार

    काठमाडौँ/  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज आइतबार हुने भएको छ ।  

    images
    images

    उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाईने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि भोलि असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए । 

    सो आह्वान अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् । 

    राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार