images
images

सिमलताल पहिरो अपडेट : यसरी हुँदैछ उद्धार र खोजी कार्य, तस्बिरमा हेर्नुस्

सिमलताल पहिरो अपडेट : यसरी हुँदैछ उद्धार र खोजी कार्य, तस्बिरमा हेर्नुस्

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • सिमलताल पहिरो अपडेट : यसरी हुँदैछ उद्धार र खोजी कार्य, तस्बिरमा हेर्नुस्

    चितवन / पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

    images
    images

    Muglin pahiro0.jpg

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ । 

    trisuli pahiro.jpgआज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। 

    प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

    Trisuli.jpg

    दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित २५ जना सुरक्षा फौज घटनास्थलमा पुगी उद्धार कार्य जारी राखेका छन् । 

    Trisuli bus khoji1.jpg

    त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए।


    तस्बिर : रासस/एपिएफ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार