काठमाडौँ / शुक्रबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ४० पैसा र बिक्रीमा १३४ रुपैयाँ तोकिएको छ । यसअघि भने डलरको भाउ एकको खरिद मूल्य १३३ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ९४ पैसा रहेको थियो ।
डलरसँगै आज युरोपियन युरोको भाउ बढेर एकको खरिदमा १४४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४० पैसा पुगेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर १४८ रुपैयाँ ५५ पैसा र बिक्री दर ९० रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ २६ पैसा र बिक्री दर ८ रुपैयाँ २९ पैसा पुगेको छ ।
यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ठ३ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
विस्तृत तालिकामा हेर्नुस्