images
images

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने, उनको पक्षमा उभिने कति छन् ?

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने, उनको पक्षमा उभिने कति छन् ?

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने, उनको पक्षमा उभिने कति छन् ?

    काठमाडौँ /  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

    images
    images

    विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।

    उक्त समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

    नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक हुनेमा प्रधानमन्त्री प्रचण्डसँग हालसम्म माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । 

    तीन दलको मात्र ६३ सिटले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ । कांग्रेस, एमाले, राप्रपा, जसपासहितका अन्य साना दलहरूले मत नदिन ह्वीप नै जारी गरेका छन् । 

    एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

    संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार