images
images

लगातार पहिरो खस्दा गए राति ९ बजेदेखि अरनिको राजमार्ग अवरुद्ध, दुवैतर्फ रोकिए सवारी

लगातार पहिरो खस्दा गए राति ९ बजेदेखि अरनिको राजमार्ग अवरुद्ध, दुवैतर्फ रोकिए सवारी

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • images
    images
    लगातार पहिरो खस्दा गए राति ९ बजेदेखि अरनिको राजमार्ग अवरुद्ध, दुवैतर्फ रोकिए सवारी
    images
    images

    काभ्रेपलाञ्चोक / वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको  पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ।

    images
    images

    सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

    पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । 

    गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ  सवारी रोकिएका छन् । 

    साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार