images
images

बाढीले जलविद्युत् आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

बाढीले जलविद्युत् आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

शनिवार, असार २२ २०८१
शनिवार, असार २२ २०८१
  • बाढीले जलविद्युत् आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

    अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। 

    images
    images

    जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पु¥याएपछि आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो।

    आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिटी, बालुवा भरिएको बिपिसीका प्रमुख डोल खरेलले बताए । 

    “खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन”, उनले भने, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाउँछौँ र विद्युत् सेवा सञ्चालन हुनेछ ।”

    गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९।४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिए । 

    वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजार नजिकै रहेको वितरण लाइनको पोल बगाएको छ। 

    खोला बढेकाले उपकरणसहित मर्मत गर्न जानसक्ने अवस्था नरहेको उनले बताए । 

    “बाढी र पहिराका कारण कहाँ के कति क्षति भएको छ भनी खोजी गरिरहेका छौँ”, खरेललेभने, “कार्यालयलाई जानकारी आएका र थाहा पाइएका केही ठाउँमा मर्मत भइसकेका छन् भने केही मर्मत भइरहेका छन् । 

    कतिपय ठाउँमा जलसतह बढी भएकाले मर्मतमा समस्या भइरहेको छ ।”

    मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको बिपिसीका प्रमुख खरेलले जानकारी दिए । 


    विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक काममा समस्या भइरहेको स्थानीय बताउँछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार