images
images

बेलायतको नयाँ प्रधानमन्त्री बने केयर स्टार्मर

बेलायतको नयाँ प्रधानमन्त्री बने केयर स्टार्मर

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • बेलायतको नयाँ प्रधानमन्त्री बने केयर स्टार्मर

    काठमाडौँ / लेबर पार्टीका नेता केयर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

    images
    images

    आम निर्वाचनमा प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीको १४ वर्षे शासनको अन्त्य गर्दै केयर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले ठूलो जित हासिल गरेसँगै उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । 

    हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट चाहिन्छ तर लेबर पार्टीले ४१२ सिट जितेको हो। चुनावी परिणाम सार्वजनिक भएपछि बेलायतका राजाले उनलाई नयाँ सरकार बनाउन आग्रह गरेका छन् ।

    त्यसलाई स्वीकार गरेका उनले प्रधानमन्त्रीका रूपमा पहिलो सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिए । 

    बेलायतका जनताले परिर्वतनको पक्षमा मत दिएको भन्दै उनले सार्वजनिक सेवा आफ्नो सरकारको प्राथमिकता हुने बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार