images
images

भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • भोटेकोशी  जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

    चौतारा (सिन्धुपाल्चोक) / सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन् । उक्त घटनामा सात कामदार घाइते भएका छन् ।

    images
    images

    इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको सो आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो।

    बेपत्ताको अवस्था अज्ञात रहेको उनले बताए। घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ । 

    बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताए । बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन् । 

    यस्तै, उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन्। 

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना  खटिएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार