images
images

कोरियास्थित नेपाली दूतावासको लगानी सम्मेलन झारा टार्ने काम, लगानीकर्ताले नै पत्याएनन्

कोरियास्थित नेपाली दूतावासको लगानी सम्मेलन झारा टार्ने काम, लगानीकर्ताले नै पत्याएनन्

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • कोरियास्थित नेपाली दूतावासको लगानी सम्मेलन झारा टार्ने काम, लगानीकर्ताले नै पत्याएनन्

    काठमाडौँ / निकै तामझामको साथ कोरियास्थित नेपाली दूतावासले लगानी सम्मेलन सम्पन्न गरेको छ । कोरियामा रहेका निश्चित मान्छेलाई निम्तो दिएर आयोजना गरिएको लगानी सम्मेलन झारा गर्ने काम मात्रै भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।

    images
    images

    दूतावासको वरिपरी घुम्नेहरुको सल्लाह र उनीहरुले खबर गरेका निश्चित व्यवसायीलाई लगानी सम्मेलनमा बोलाइएको भन्दै कोरियामा रहेका नेपालीहरुले बताएका छन् ।

    लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएका र सरकार, जनतस्तरसम्म पनि सम्पर्क रहेका नेपालीलाई लगानी सम्मेलनमा नियन्त्रण नगरिएको गुनासोहरु सामाजिक सञ्जालसम्म पोखिएका छन् ।

    लामो समयदेखि कोरियामा रहेका यज्ञराज सुवेदीले सामाजिक सञ्जालमा कोरियामा लामो समयसम्म रही कोरियन जनस्तरसम्म नेटवर्क हुनेहरुलाई बेवास्ता गरि केही  दूताबासको वरीपरी घुम्नेहरुको मात्र  सल्लाह र उनीहरूसँग ब्यापारीक सम्बन्ध भएकालाई मात्र बोलाएको र अरु धेरै र नयाँ कोरियन लगानीकर्तासम्म पुग्न दूताबासले पहल नगरेको लेखेका छन् ।

    लगानी सम्मेलनमा सहभागी सिमित कोरिया व्यवसायीहरुले पनि कार्यक्रम महत्त्वपूर्ण नलागेको र लगानी गर्न पत्याउने विश्वास आयोजकले दिन नसकेको प्रतिक्रिया दिएको सुवेदीले बताएका छन् ।

    दिपके पुनले दूतवासले लगानी सम्मेलनको नाममा आर्थिक दुरुपयोग गरेको र केही मान्छे भेला गरेर बजेट सक्नेबाहेक थप उपलब्धी लगानी सम्मेलनबाट हुन नसक्ने बताए । 

    उनले कोरियामा रहेका नेपाली समाज र संघ संस्थाले कोरियाको लगानी भित्र्याउन गरेको कार्यको दूतावासले उपेक्षा गरेको बताए ।

    लोकराज न्यौपानेले दूतावासले केटाकेटीले खेलेजस्तै लगानी सम्मलेन गरेको भन्दै कोरियामा रहेका नेपालीहरुको लागि दुःखको कुरा भएको बताए ।

    यी त प्रतिनिधि मात्रै हुन दूतावासले विना तयारी लगानी सम्मेलन गरेर बजेट सक्ने कार्य गरेको भन्दै चर्को आलोचना भइरहेको छ । दूतावासले गरेको कार्यक्रमलाई कोरियान लगानीकर्ताले नपत्याएको समेत बताइएको छ ।

    दक्षिण कोरियाको राजधानी सिओलमा रहेका दूतावासले नेपालमा लगानको वातावरण सम्बन्धमा कोरियन लगानीकर्ताहरुलार्य जानकारी दिने र लगानीको लागि प्रोत्साहित गर्ने उद्देश्यले लगानी सेमिनार आयोजना गरिएको भन्दै विज्ञप्ति जारी गरेको थियो । 

    लगानी सम्मेलन कस्तो रह्यो भन्ने विषयमा दूतावासले कुनै प्रतिक्रिया दिएको छैन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार