मध्येरातमै सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । आज कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो ।
२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ।
मुलुकमा भइरहेको सत्ता परिवर्तनले शेयर बजारमा सिधा प्रभाव परेको देखिन्छ । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको समिकरणमा सरकारको नेतृत्व अघि बढेको छ ।