images
images

भोजपुरको राउते खोलामा पुल निर्माण, ठेक्का अवधिको १५ महिना अघि नै सकियो

भोजपुरको राउते खोलामा पुल निर्माण, ठेक्का अवधिको १५ महिना अघि नै सकियो

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • भोजपुरको राउते खोलामा पुल निर्माण, ठेक्का अवधिको १५ महिना अघि नै सकियो

    भोजपुरको राउते खोलामा तीन करोड ५७ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ। भोजपुर टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले पुल निर्माण गरेको हो ।

    images
    images

    “राउते खोला पक्की पुल निर्माण अवधिभन्दा १५ महिनाअघि सम्पन्न भएको छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले बताए, स्थानीयलाई सहज भएको छ ।”


    राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ ।  

    पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार