काठमाडौँ / विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ ।
यस्तै रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सप्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।
यो पनि पढ्नुहोस् :
एसईई नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण, कसरी हेर्ने नतिजा ?