images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : कोशी प्रदेशमा चाउचाउदेखि चियासम्मको उत्पादन घट्दा चप्पल र चिनीलगायतमा बृद्धि

राष्ट्र बैङ्कको तथ्याङ्क : कोशी प्रदेशमा चाउचाउदेखि चियासम्मको उत्पादन घट्दा चप्पल र चिनीलगायतमा बृद्धि

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • राष्ट्र बैङ्कको तथ्याङ्क : कोशी प्रदेशमा चाउचाउदेखि चियासम्मको उत्पादन घट्दा चप्पल र चिनीलगायतमा बृद्धि

    काठमाडौँ / कोशी प्रदेशमा चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ११ वस्तुको उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस प्रदेशमा रहेको ११ वस्तुहरूको उत्पादन देखिएको हो ।

    images
    images

    जसमा भटमासको तेल, घरेल धातुको सामान, गार्मेन्ट, सिमेन्ट, चामल, सिन्थेटिक कपडा, सावुन, चाउचाउ, कागज, प्रशोधित चिया र प्रशोधित दुग्धको उत्पादन आदि रहेका छन् । समीक्षा अवधिमा भटमासको तेलको उत्पादन सबैभन्दा बढी ५५.८ प्रतिशतले घटेको छ । यसअघि भारतले नेपालबाट निर्यात हुने तेलमा भन्सार छुट दिने कारण भटमासको तेल भारततर्फ निकासी हुँदै आएको थियो । तर, अहिले भारतको उत्पादन लागत पनि कम हुन थालेपछि नेपालको निर्यात प्रभावित भएको देखिएको हो । 

    ‘विगतमा नेपाली बजारभन्दा भारतीय बजारमा उत्पादन लागत बढी भएका कारण नेपालबाट भटमासको तेल निर्यात भइरहेको  तर, केही वर्षदेखि भारतीय बजारको उत्पादन लागत कम भएका कारण नेपालमा उत्पादित भटमासको तेल निर्यात गर्न नसकिने अवस्था भई तेल उद्योगहरू महिनामा लगभग १० दिन मात्र सञ्चालन हुँदै आइरहेका कारण भटमासको तेलको उत्पादन निरन्तर घट्न गएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

    यस्तै, समिक्षा अवधिमा घरेलु धातुका सामानको उत्पादन ५२.१ प्रतिशत, गार्मेण्ट उत्पादन ५०.३ प्रतिशत, सिमेण्ट ३४.९ प्रतिशत, चामल उत्पादन १७.२, सिन्थेटिक कपडा १३.२ प्रतिशत, साबुनको उत्पादनमा ९.२ प्रतिशत घटेको छ ।

    ‘अनियमित विद्युत आपूर्ति, आयातित वस्तुसँगको प्रतिस्पर्धात्मक क्षमतामा कमी, दक्ष कामदारको अभाव, घरेलु बजारमा मागमा आएको कमी तथा गत वर्षको मौज्दात बाँकी रहेका कारण घरेलु धातुका सामान, गार्मेण्ट, सिन्थेटिक कपडा आदिको उत्पादन घटेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘ठूला आयोजनाहरुको निर्माणले गति लिन नसक्नुका साथै सार्वजनिक निर्माणमा आएको कमीका कारण सिमेण्टको उत्पादन घटेको देखिन्छ भने भारतबाट धान आयात गरी चामल उत्पादन गर्नुपर्ने र भारतिय चामलसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकोले मूल्य प्रतिस्पर्धी हुन नसकेका कारण चामलको उत्पादन घटेको देखिन्छ ।’

    यस्तै, तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा खासै अन्तर नभएकोले उत्पादन लागत बढ्न गई बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण सावुनको उत्पादन घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    १४ वस्तुको उत्पादन बढ्यो

    समिक्षा अवधिमा कोशीमा १४ वस्तुको उत्पादन बढेको छ । प्लास्टिकको सामान, तोरीको तेल, धागो, बिस्कुट, कच्चा छाला, जुटका सामान, वनस्पति घिउ, फलामको छड–पत्ती, चिनी, चप्पल, जिआई तार, पशुदाता, टायर र इँटाको उत्पादन बढेको केन्द्रिय बैंकले जनाएको हो । 

    जसमा इँटाको उत्पादन सबैभन्दा धेरै १२८.६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ईटाको उत्पादन शून्य अवस्थामा भए पनि समीक्षा अवधिमा उत्पादन वृद्धि भने उल्लेखनीय मात्रामा बढेको प्रतिवेदनमा उल्लेख छ ।

    तथ्याङ्कअनुसार समीक्षा अवधिमा टायरको ९७  प्रतिशतले बढेको छ । टायर तथा ट्युव उत्पादन गर्ने उद्योगले उत्पादनमा विविधिकरण गर्दै देशभरी आपूर्ति गर्न थालेका कारण टायर तथा ट्युवको उत्पादन बढ्न पुगेको प्रतिवेदनमा उल्लेख छ । 

    पशुदाना ७३.९ प्रतिशत, जिआई तार ४२ प्रतिशत, चप्पल ३८.९ प्रतिशत, चिनी ३५.७ प्रतिशत, फलामको छड तथा पत्तिको १९ प्रतिशत र वनस्पति घिउको १९ प्रतिशतले उत्पादन बढेको छ । 

    ‘पशुदाना उत्पादन गर्ने उद्योगले नयाँ प्लान्ट सञ्चालनमा ल्याएका कारण उत्पादन बढेको देखिन्छ । जि.आई. तार, चप्पल, फलामे छड तथा वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरुको आधार अवधिको उत्पादन न्युन रहेका कारण उत्पादनमा वृद्धि भएको देखिन्छ । उखु किसानले समयमै भुक्तानी पाउन थाले सँगै उखुको उत्पादनमा वृद्धि भएका कारण चिनीको उत्पादन बढेको देखिन्छ ’, प्रतिवेदनमा भनिएको छ ।  

    यसैगरी, जुटका सामानको ७.८ प्रतिशत, कच्चा छालाको ७.५ प्रतिशत, बिस्कुटको ६.७ प्रतिशत, धागोको ६.६ प्रतिशत, तोरीको तेलको ३ प्रतिशत र प्लास्टिकको तेलको ०.६ प्रतिशतले उत्पादन बढेको तथ्याङ्कमा उल्लेख छ । 

    2.JPG

    जीडीपीमा सेवा क्षेत्रको हिस्सा ५० प्रतिशत

    कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको रहेको पाईएको छ । अध्ययन प्रतिवेदन अनुसार कोशी प्रदेशको जीडीपीमा सेवा क्षेत्रको हिस्सा मात्रै ५०.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

    उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३३.२ प्रतिशत, उद्योग क्षेत्रको १५.९ प्रतिशत र सेवा क्षेत्रको ५०.९ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।

    यता, कर्जा प्रवाहको कुरा गर्दा यो प्रदेशमा २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कुल औद्योगिक कर्जा ०.५ प्रतिशतले बढेर १ खर्ब २९ अर्व ८३ करोड रुपैयाँ पुगेको छ ।
    यस्तै, २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ४.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको तथा कूल कर्जा प्रवाहमा ४.६ प्रतिशतले कमी आई ५ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको अध्ययनले देखाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार