images
images

एक सहकारी एक गोदाम आवश्यक छ : महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छ : महाप्रबन्धक भट्टराई

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • एक सहकारी एक गोदाम आवश्यक छ : महाप्रबन्धक भट्टराई

    काठमाडौँ / नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रूद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड रोजगारीको अवस्था र आगामी सम्भावनाहरूबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । 
      
    महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो किसानहरूले उत्पादन गरेको वस्तुहरू राख्ने ठाउँ छैन । यसले गर्दा पनि उनीहरूले विचौलियाहरूलाइ तुरून्तै बिक्री गर्नु पर्ने बाध्यता रहेको छ ।’ 

    images
    images

    त्यस्तै उनले सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्ने उनले माग राखे । ‘कृषि क्षेत्रमा बजारको पनि अभाव रहेको छ । सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्छ । यसो गर्न सकिएमा हाम्रा उत्पादनहरूले बजार खोज्दै भौतारिनु पर्ने थिएन ।’

    सरकारले जबसम्म मल र स्तरिय बिउको व्यवस्था नगरेसम्म उत्पादन बढाउन नसकिने उनले बताए । ‘हाम्रामा उत्पादन भएका वस्तुहरूको समर्थन मूल्य तोक्नका लागि ढिला गर्ने गरिएको छ । उत्पादनको समर्थन मूल्य बाली लगाउनु पहिले तोक्नु पर्छ । समर्थन मूल्य अगाडी नै तोकेमा किसानहरूले उत्पादन गर्न जोड दिन्छन्’, उनले भने ।  

    सहकारी मर्जरमा जानु पर्ने विषयमा उनले असन्तुष्ट जनाए । उनले भने, ‘एकातिर सहकारीलाई मर्जरमा लैजाने भनिएको छ । भएका सहकारीलाइ राम्रा बनाउनु पर्छ । किन मर्जरमा जोड दिनु पर्यो । संख्या घटाउँदैमा राम्रो हुन्छ भन्ने होइन । भएका सहकारीलाइ व्यवस्थित बनाउनु पर्छ ।’ 

    करिब दुइ हजारको हाराहारीमा अहिले पनि साना किसान सहकारीहरूले स्थापना गरेको उद्योगहरूमा जागिरको रूपमा काम गरिरहेको उनले जानकारी दिए । आगामी दिनमा यस्तोे संख्या थप बढाउँदै लैनाने योजना रहेको उनले सुनाए । 

    रोजगारी सिर्जनका लागि आगामी योजना सुनाउँदै उनले औपचारिक, अनौपचारिक, प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए । यसका साथै उनले कृषिमा डिजिटलाइजेसन र पारिवारिक खेती गर्ने किसानहरूको पहिचान र प्रर्वद्धन गर्न ध्यान दिनस पर्ने बताए । साथै सरकारले सहकारी क्षेत्रमा रोजगारी दिने जुन लक्ष्य लिएको छ यसमा सहकारीले सहयोग गर्ने उनले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार