images
images

बेलायतको सबैभन्दा धनी परिवारको एउटा डरलाग्दो मानब तस्करी पेशा...

बेलायतको सबैभन्दा धनी परिवारको एउटा डरलाग्दो मानब तस्करी पेशा...

शनिवार, असार ८ २०८१
शनिवार, असार ८ २०८१
  • बेलायतको सबैभन्दा धनी परिवारको एउटा डरलाग्दो मानब तस्करी पेशा...

     बेलायतका सबैभन्दा धनी परिवारका चार सदस्यहरुलाई एउटा गम्भिर आरोप लाग्यो । उनीहरुलाई जेनेभामा आफ्नो बङ्गलामा मानव तस्करी र कर्मचारीहरूको शोषण गरेको आरोपले अहिले ति धनी परिवारहरुको पारिवारिक वातावरण नै बिथोलिएको छ ।  उक्त आरोपको भाग्यको फैसला शुक्रबार स्विस अदालतमा हुने भएको छ। 

    images
    images

    अभियोजकहरूका अनुसार हिन्दुजाहरूले आफ्ना सेवकहरूको तुलनामा आफ्ना कुकरमाथि धेरै पैसा खर्च गरेका छन् । हिन्दुजाहरूको सम्पत्ति सन्डे टाइम्सले ३७ अर्ब पाउन्ड (४७ अर्ब डलर) रहेको अनुमान गरेको छ। 

    यो आरोप आफ्नो जन्मभूमि भारतबाट सेवकहरू आयात गर्ने परिवारको अभ्यासबाट आएको हो । फैसला स्थानीय समयानुसार दिउँसो ४ बजे आउने अपेक्षा गरिएको छ। 

    प्रकाश र कमल हिन्दुजा, उनीहरूका छोरा अजय र उनकी श्रीमती नम्रतामाथि स्विट्जरल्यान्ड गएपछि आफ्ना सेवकहरूको राहदानी जफत गरेको आरोप लगाइएको छ। 

    हिन्दुजाहरूले आफ्ना कर्मचारीहरूलाई सामान्य तलब दिएको र सेवकहरूलाई घर छाड्न अत्यन्त कम स्वतन्त्रता दिएको अभियोजकहरूको आरोप छ । 

    परिवारले आरोपलाई अस्वीकार गर्दै अभियोजकहरूले ‘हिन्दुजाहरूमा केही गर्न’ चाहेको दाबी गरेको छ । हिन्दुजा परिवारले आफूहरूमाथि आरोप लगाउने तीन कर्मचारीसँग अदालतबाहिर गोप्य सम्झौता गरेको छ । 

    यसका बाबजुद अभियोजन पक्षले आरोपहरूको गम्भीरताका कारण मुद्दालाई अगाडि बढाउने फैसला गरेको छ । 

    जेनेभाका पहिलो अभियोजक इवेस बर्टोसाले प्रकाश र कमल हिन्दुजालाई साढे पाँच वर्षको हिरासतमा राख्न अनुरोध गरिएको छ । 

    अठहत्तर वर्षीय प्रकाश र ७५ वर्षीया कमल दुवै स्वास्थ्य अवस्थाका कारणले ट्रायल सुरु भएदेखि अनुपस्थित  थिए ।

    आफ्नो समापन सम्बोधनमा अभियोजकले परिवारमाथि पैसा बचाउनका लागि शक्तिशाली रोजगारदाता र कमजोर कर्मचारीबीच ‘विषम अवस्था’ को दुरुपयोग गरेको आरोप लगाए ।

    घरेलु कर्मचारीहरूलाई प्रतिमहिना दुई सय २० देखि चार सय फ्रेङक (दुई सय ५० देखि चार सय ५० डलर) को बीचमा तलब दिइन्थ्यो । 

    यो स्विट्जरल्यान्डमा उनीहरूको कमाउनसक्ने अपेक्षाभन्दा धेरै कम थियो । 

    “उनीहरूले संसारको दुःखबाट फाइदा उठाइरहेका छन्”, बर्टोसाले अदालतमा  भने ।

    तर हिन्दुजा परिवारको बचाउ पक्षका वकिलहरूले तीनै जना वादीहरूले पर्याप्त फाइदा पाइरहेको, अलग्गै नराखिएको र भिल्ला छाड्नका लागि स्वतन्त्र थिए भनी तर्क दिएका छन् । 

    “हामी दुर्व्यवहार गरिएका दासहरूसँग व्यवहार गरिरहेका छैनौँ”, वकिल निकोलस जिनडिनले अदालतलाई  भनेको छ । 

    “वास्तवमा कर्मचारीहरू आफूलाई राम्रो जीवन दिएकामा हिन्दुजा परिवारप्रति आभारी थिए”, अर्का वकिल रोबर्ट असेलले तर्क  पेश गरेको छ ।

    अजय हिन्दुजाको प्रतिनिधित्व गर्दै वकिल येन हयातले ‘अत्यधिक’ अभियोगको आलोचना गर्दै मुद्दा ‘सामाजिक न्यायको नभई न्यायको सवाल हुनुपर्ने’  बताए ।

    उनकी श्रीमती नम्रताका वकिल रोमेन जोर्डनले पनि उहाँलाई सफाइ दिन आग्रह गर्दै अभियोजकहरूले परिवारलाई उदाहरण दिन खोजेको दाबी गरे ।

    अभियोजन पक्षले कर्मचारीहरूलाई नगद तलबबाहेक गरिएका अन्य भुक्तानी उल्लेख गर्न असफल भएको उनले बताए । 

    “कुनै पनि कर्मचारीलाई तलबबाट धोका दिइएको छैन”, असेलले भने । केही कर्मचारीले तलब वृद्धिको माग गर्दा पूरा भएको छ । 

    तेल र ग्यास, बैंकिङ र स्वास्थ्य सेवामा रुचि राख्ने हिन्दुजा समूह ३८ मुलुकमा अवस्थित छ र करिब दुई लाखलाई रोजगारी दिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार