images
images

मनसुनी प्रणालीका साथै स्थानीय र पश्चिमी वायुले आगामी सोमबारसम्म कहाँ कहाँ गराउँदैछ बर्षा ?

मनसुनी प्रणालीका साथै स्थानीय र पश्चिमी वायुले आगामी सोमबारसम्म कहाँ कहाँ गराउँदैछ बर्षा ?

शनिवार, असार ८ २०८१
शनिवार, असार ८ २०८१
  • मनसुनी प्रणालीका साथै स्थानीय र पश्चिमी वायुले आगामी सोमबारसम्म कहाँ कहाँ गराउँदैछ बर्षा ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी प्रणालीको प्रभाव कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको छ । 

    images
    images

    बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । 

    गण्डकी प्रदेशका केही, बागमती, कर्णाली  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

    बाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र  मधेश प्रदेशको थोरै तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । 

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    आइतबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै, कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै बाग्मती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार