images
images

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा १० प्रतिशतसम्म छुट पाउने

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा १० प्रतिशतसम्म छुट पाउने

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / एनएमबि बैंक लिमिटेड र विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजबीच सम्झौता, भएको छ । 

    images
    images

    एनएमबि बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो । 

    उक्त सम्झौता पश्चात एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको हो । 
     
    छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । 

    यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार