images
images

ट्राफिक प्रहरीको लापसे चेकिङ : ९ जना चालकहरू नियन्त्रणमा

ट्राफिक प्रहरीको लापसे चेकिङ : ९ जना चालकहरू नियन्त्रणमा

शनिवार, असार १ २०८१
शनिवार, असार १ २०८१
  • ट्राफिक प्रहरीको लापसे चेकिङ : ९ जना चालकहरू नियन्त्रणमा

    लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ।

    images
    images

     
    बागमति प्रदेश ०१–००६ ख ६६६३ नम्बरका बस चालक तनहुँ घर भएका ३० वर्षिय केशर नेपाली, बागमति प्रदेश ०१–००६ख ६५४१ नम्वरका मिनि बस चालक तनहुँकै ३० वर्षिय सत्रक बहादुर भुजेल, बा ३ ख ५६४८ नम्बरका बस चालक काठमाडौं दहचोकका २४ वर्षिय युवराज बुढाथोकी र प्रदेश ३–०१–००५ ख ९८३१ नम्वरका बस चालक नुवाकोट घर भएका २८ वर्षिय टोप बहादुर तामाङलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    त्यस्तै, बा ३ ख २८४० नम्बरका बस चालक धादिङका ३० वर्षिय राज कुमार राना क्षेत्री, बागमति प्रदेश ०१-००६ ख ५६९४ नम्वरका बस चालक सुनसरी घर भएका ४० वर्षिय राजेश शर्मा प्याकुरेल, बा २ ज २३९ नम्वरका ट्याक्सी चालक काठमाडौं दहचोकका ३६ वर्षिय राजन उप्रेती, ना ६ ख ७६४ नम्वरका ट्रक चालक मकवानपुरका २९ वर्षिय आशिष थापा र ना ८ ख ५३२८ नम्वरका ट्याङ्कर चालक मकवानपुरकै ३३ वर्षिय संजिव थिङ  लाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

    नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव,म्चगनक पष्त मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । 

    प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे÷नगरेको चेक गर्दै आएको छ । 

    नागढुङगामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ९ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।  


    नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन् । 

     
    चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए । 


    यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुन्छ । 

    आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्न भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार