images
images

ताप्लेजुङ पहिरो अपडेट : मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

ताप्लेजुङ पहिरो अपडेट : मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • ताप्लेजुङ पहिरो अपडेट : मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

    फुङ्लिङ (ताप्लेजुङ) / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो ।

    images
    images

    पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा, १० वर्षीया जुम्लिया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

    घाइते ४० वर्षीय का युगेन लिम्बू र उनका ३ वर्षीया छोरीलाई सिंवालाई स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि जिल्ला अस्तालमा पठाइएको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्राका बुबाआमा र दुई जुम्लिया बहिनीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताए । 


    घरमा सुतिरहेका अवस्थितमा गएराति करिब १ः३० बजेको समयमा घर माथिबाट आएको पहिरोले घरसँगै एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फक्ताङलुङ–२ वडाध्यक्षका अनुसार मृत्यु भएकालाई पहिरोबाट सुरक्षित स्थानमा निकालिएको छ ।

    थप उद्धार गर्न फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षाका लागि नेपाली सेनाको सुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लुङ्गेलीको टोली खटिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

    ढुङ्गा माटोले बनेको टिनको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले घर पुरेपछि सुतेको अवस्थामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए । 

    उनका अनुसार मृत्यु हुने मानिसका साथै चौपाया पनि निकाली सुरक्षित स्थानमा राखिएको छ । 

    बुधबार राति आएको वर्षासँगैको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका छ वटा स्थायी मोटर पुल बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार