images
images

समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान

समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान
    images
    images

    समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ ३० गते बुधवार शिवराज नगरपालिकाका ४० जना जेष्ठ नागरिकलाई शाखा परिषरमा बोलाइ बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरकोबारेमा अन्तरक्रिया गरी बढ्दो गर्मींमा राहत होस् भनेर ग्लूकोज बितरण गर्नुका साथै उपस्थित जेष्ठ नागरीकलाई खादा ओडाएर सम्मान गरेको हो ।

    समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल््क प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार