images
images

ठगी मुद्दामा तत्कालिन सेञ्चुरी बैङ्कका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

ठगी मुद्दामा तत्कालिन सेञ्चुरी बैङ्कका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • ठगी मुद्दामा तत्कालिन सेञ्चुरी बैङ्कका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

    काठमाडौँ / तत्कालीन सेञ्चुरी बैङ्कका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई ठगीको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । 

    images
    images

    ब्युरोका एसपी होबिन्द्र बोगटीले बैङ्किङ कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । यसअघि पनि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत १५ फागुनमा तत्कालीन सेञ्चुरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी गौतम र मनोज न्यौपानेसहित १० जना कर्मचारी पक्राउ परेका थिए ।

    उनीहरू पक्राउ परेको १५ दिनपछि अर्थात चैत १ गते हाजिर जमानीमा छुटेका थिए । उनीहरूले सेञ्चुरी बैङ्कमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ ।

    उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो । सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वसहित तत्कालिन सेन्चरी बैङ्क २०७९ पुस २६ मा प्रभु बैङ्कमा मर्जर भएको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार