images
images

ग्लोबल आइएमई बैङ्कको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा, सुरक्षित र सहज बैङ्किङ सेवा उपलब्ध गराइने

ग्लोबल आइएमई बैङ्कको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा, सुरक्षित र सहज बैङ्किङ सेवा उपलब्ध गराइने

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • ग्लोबल आइएमई बैङ्कको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा, सुरक्षित र सहज बैङ्किङ सेवा उपलब्ध गराइने

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैङ्किङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।  आइतबार बैङ्कमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे । 

    images
    images

    उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, “डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।”

    उनका अनुसार यो पहल ग्लोबल आइएमई बैङ्कको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा हो । “हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरूपमा भइरहेको डिजिटल बैङ्किङतर्फको यात्रासँग मेल खान्छ,” उनले भने ।”

    आजको युगमा डिजिटल बैङ्किङको महत्त्व बढ्दै गएको छ । डिजिटल बैङ्किङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैङ्किङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आइएमई बैङ्कको डिजिटल युनिभर्सले यस डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

    Screenshot 2024-06-09 173437.jpg

    यस्ता नवीन बैंकिङ्ग प्रविधिहरू अंगालेर बैङ्कले आफ्ना ग्राहकहरूको बदलिँदो बैंकिङ आवश्यकताहरू मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पु-याएको छ । 

    कार्यक्रममा बैङ्कका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकारीलगायत बैङ्कका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार