काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक बर्ष २०८१/८२ लागि राय/सुझाव माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गरी राष्ट्र बैङ्कले बैङ्कको आर्थिक अनुसन्धान विभागको ठेगानामा अउसार १६ गतेभित्र सुझाव पठाउन आग्रह गरेको हो ।
मौद्रिक नीतिमा सुझाव पठाउनका लागि नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभाग, एनआरएनए भवन, बालुवाटार काठमाडौँमा पत्र पठाउन सकिनेछ । त्यस्तै, monetarypolicy@nrb.org.np मा इमेल पनिगर्न सकिनेछ ।
चालू आर्थिक बर्षको मौद्रिक नीतिमा कडाइ गरेको आलोचना खेपेका राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा लचकता अपनाउने बताउँदै आएका छन् ।