काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अधिकांश विदेशी मुद्रा महँगिएको छ ।
यसअघि अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा रहेकोमा आज बढेरमा खरिदमा १३३ रुपैयाँ २६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८६ पैसा पुगेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेकोमा बढेर आज खरिदमा १४४ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९२ पैसा पुगेको छ ।
यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्