images
images

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाई सकियो, निर्णय असार १२ गते सुनाइने

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाई सकियो, निर्णय असार १२ गते सुनाइने

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाई सकियो, निर्णय असार १२ गते सुनाइने

    काठमाडौँ / सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ। 

    images
    images

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासमा आज सुनुवाइ सकिएपछि आगामी असार १२ गते निर्णय सुनाउने मिति तय गरिएको छ।

    सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले मुद्दाको अन्तिम सुनुवाइ सकिएको र आगामी असार १२ गतेका लागि निर्णय सुनाउने मिति तय भएको जानकारी दिए । 

    विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो । 

    उक्त घटनाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेका थिए । 

    सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । त्यसअघि विसं २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो । 

    उक्त आदेशपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेको अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपी मगाउन आदेश जारी गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार