images
images

अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्दा बलियो बन्यो नेपाली मुद्रा, विनिमय दर

अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्दा बलियो बन्यो नेपाली मुद्रा, विनिमय दर

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्दा बलियो बन्यो नेपाली मुद्रा, विनिमय दर

    काठमाडौँ / मङ्गलबार अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्दा नेपाली मुद्रा बलियो बनेको छ । आज अमेरिकी एक डलरका लागि नेपाली १३३ रुपैयाँ ३४ पैसा खर्च गर्नुपर्नेछ जबकि सोमबार १३३ रुपैयाँ ८५ पैसा तोकिएको थियो । 

    images
    images

    त्यस्तै, सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २५ पैसा रहेकोमा आज घटेर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो । 

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १३ पैसा तोकिएकोमा आज खरिदमा घटेर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । 

    यसैगरी युके पाउन्ड स्टर्लिङसमेत घटेर एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा कायम भएको छ। 

    त्यस्तै, अष्ट्रेलियन डलरको भाउ समेत घटेको छ । यसअघि एकको खरिद दर ८८ रुपैयाँ ६५ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा रहेकोमा आज खरिद मूल्य ८८ रुपैयाँ ३३ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ७३ पैसामा झरेको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७० पैसा र सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ३३ पैसा र बिक्री दर ९८ रुपैयाँ ७७ पैसा पर्नेछ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४० पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २० पैसा र बिक्रीमा २८ रुपैयाँ ३३ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार