images
images

ग्लोबल आइएमई बैङ्क ‘इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड’द्वारा सम्मानित

ग्लोबल आइएमई बैङ्क ‘इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड’द्वारा सम्मानित

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • ग्लोबल आइएमई बैङ्क ‘इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड’द्वारा सम्मानित

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ। इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैङ्कलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैङ्कको रूपमा सम्मान गरिएको हो।  

    images
    images

    आफ्नो कोर बैङ्किङ्ग सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई नविनतम सेवाहरू सहितको सुरक्षित र भरपर्दो बैङ्कको रुपमा परिचित छ । 

    ग्लोबल आइएमई बैङ्कले पाएको यस सम्मानले बैङ्कलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ्ग सफ्टवेयरहरु प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ्ग सेवा प्रदान गर्न थप हौसला मिलेको बैङ्कले जानकारी दिएको छ ।

    ग्लोबल आइएमई मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।

    बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैङ्किङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । 

    बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार