images
images

नेशनल लाईफ इन्स्योरेन्सको भ्रमण कार्यक्रम, २०० जना अभिकर्ताहरुको सहभागिता

नेशनल लाईफ इन्स्योरेन्सको भ्रमण कार्यक्रम, २०० जना अभिकर्ताहरुको सहभागिता

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • नेशनल लाईफ इन्स्योरेन्सको भ्रमण कार्यक्रम, २०० जना अभिकर्ताहरुको सहभागिता

    काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ ।

    images
    images

    कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन श्री सुमन कार्कीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २०० जना बरिष्ठ अभिकर्ताहरुलाई बलथली भ्रमण गराइएको थियो । भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै तहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशुलको अवलोकन गराईएको थियो । 

    साथै, बलथली भ्रमण पश्चात धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो । वहाँको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास सहभागि अभिकर्ताहरुले व्यक्त गरेका थिए साथै वहाँहरुले नेपालका राष्ट्रिय चर्चित कलाकार संग साक्षात्कार गर्ने अवसर जुराइदिनु भएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार