images
images

रिङरोड बाहिरका काठे बस्तिहरूमा होमस्टे सञ्चालन गर्नु उपर्युक्त : पर्यटनमन्त्री तामाङ

रिङरोड बाहिरका काठे बस्तिहरूमा होमस्टे सञ्चालन गर्नु उपर्युक्त : पर्यटनमन्त्री तामाङ

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • रिङरोड बाहिरका काठे बस्तिहरूमा होमस्टे सञ्चालन गर्नु उपर्युक्त : पर्यटनमन्त्री तामाङ

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले रिङरोड बाहिरका काठे बस्तिहरूमा होमस्टे सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन् ।    

    images
    images

    हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बाषिक उत्सव र नयाँ होमस्टे घरहरूको उद्घाटन कार्यक्रममा उनले काठमाडौँ उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरूमा होमस्टे कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याएका हुन् । 

    उनले शहरभन्दा नजिक उपत्यकाको काँठे एरियाहरूमा होमस्टे कार्यक्रम बिस्तार गर्न सकिने बताउँदै बिदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अग्र्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने बताए । 

    मन्त्री तामाङले होमस्टेलाई व्यवस्थित तथा  प्रभावकारी र उद्देश्यमूलक बनाएर सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

    शहरी क्षेत्रमा रहेका घरहरूमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवाबापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्नेकुरा हाँडिगाउँ होमस्टेले प्रमाणित गरिसकेको उनले बताए । 

    मन्त्री तामाङले अब हाँडिगाउँमा मात्रै सीमित नराखि शहरका अन्य कुना कुनामा पनि होमस्टे सञ्चालन गरि त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न सकिने धारणा राखे । 

    उनले भने, “काठमाडौँको रिङरोड बाहिरका काठ एरियामा खेती गर्ने, पशुपालन गर्ने र गाईबस्तुको मलबाट तरकारी फलाउने गरिन्थ्यो । अहिले खेतीयोग्य जमिन कम होलान् तर जति छन् त्यसलाई उपयोगमा ल्याएर त्यस्ता बस्तीहरूमा होमस्टे सञ्चालन गरि पुरानो जीवनशैलीमा आधुनिक प्रविधिको मिश्रण गर्दै स्थानीय उत्पादनबाट पाहुनाको स्वागत सत्कार गर्न सकेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने सम्भावना छ।” 

    नेपाल आउने पर्यटक सबै हिमाल हेर्न, धार्मिक स्थलहरुको अवलोकन गर्न र प्राकृतिक दृश्यावलोकन गर्न मात्रै नआउने मन्त्री तामाङको भनाइ छ । 

    उनले मौलिक परम्परागत शैली र स्थानीय स्रोत साधानको प्रयोग गरेर पुरानो शैलीमा बनाईएका आवास, रहनसहन, बसोबास, धर्म रीतिरिवाज, भाषा साहित्य, कला, गीतसंगित तथा अन्य कला संस्कृतिको अध्ययन गर्न जान्नका लागि पनि आउने गरेकाले त्यस्ता पर्यटकको चाहना परा गर्न होमस्टे उपर्युक्त माध्यम बन्ने बताए । 

    त्यसका लागि होमस्टे व्यावस्थित रूपमा सञ्चालनमा आउन भने जरुरी रहेको उनको भनाई थियो। 

    काठमाडौँको शहरी क्षेत्रमा खोलिएका होमस्टेलाई थप प्रचार प्रसार गर्न सकेमा छोटो अवधिका लागि आउने पर्यटकलाइ सेवा प्रदान गर्न सकिने उनले बताए । 

    स्थानीय समुदायको आर्थिक विकासका लागि पनि होमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री तामाङले जोड दिए । 

    पर्यटकीय सम्भावना भएका गाउँ शहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने भन्दै मन्त्री तामाङले मन्त्रालयले होमस्टे कार्यक्रमको प्रवद्र्धन, सञ्चालन तथा विस्तारमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए । 

    कार्यक्रममा हाँडिगाउँ सामुदायिक होमस्टेका अध्यक्ष शकुन्तला घिमिरेले ११ वटा घरबाट सञ्चालन गरिएकोमा हाल २७ वटा घर आवद्ध भएको र ५० घर पुर्याउने योजना रहेको बताइन् । 

    हाँडिगाउँ आफैमा महत्वपूर्ण इतिहाल बोकेको स्थान भएको भन्दै उनले यहाँको लोकल खानाका परिकार सँगै पाहुनालाई मौलिक सस्कार सस्कृति र पहिरनका साथ सत्कार गर्ने गरिएको बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार