images
images

प्रभु बैङ्क, न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गबीच छुट सम्झौता

प्रभु बैङ्क, न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गबीच छुट सम्झौता

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • प्रभु बैङ्क, न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गबीच छुट सम्झौता

    काठमाडौँ / प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूले बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । छुट्टाछुट्टै समारोहकाबिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैङ्ककातर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरे । 

    images
    images

    सम्झौताअनुसार प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकवर्गहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । 
    प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । 

    अन्नपूर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरूका लागि ट्रान्जिट सेन्टरको रूपमा काम गरिरहेको बाग्लुङ्ग झोलुङ्गे पुलहरूको जिल्लाको उपनामबाट परिचित छ । 

    धौलागिरि र अन्नपूर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ्ग टे«किङ्ग, बाइकिङ्ग, ¥याफ्टिङ्ग तथा साहसिक चाहनेहरूका लागि उक्तम गन्तव्य स्थानका रूपमा लिईन्छ । 

    कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरूबाट समेत परिचित छ । 

    त्यस्तै, बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरूको प्रमुख बासस्थान रहेको पाइन्छ । 

    ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

    साथै, लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैङ्क अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैङ्क, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार