images
images

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, सस्तियो चाँदी पनि

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, सस्तियो चाँदी पनि

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, सस्तियो चाँदी पनि
    images
    images

    काठमाडौँ / आइतबार सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ गत शुक्रबार हालसम्मकै सबैभन्दा बढी १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला २ सय रुपैयाँले घटेको हो । 

    महासङ्घले आज नेपाली बजारका लागि छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ निर्धारण गरेको छ भने तेजावी सुन १ लाख ४१ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि तेजावी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    यता, चाँदीको भाउ भने आज तेस्रो कारोबार दिन पनि घटेको छ । बिहीबारदेखि प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको मूल्य त्यसयता भने घट्दो क्रममा रहेको छ । 

    शुक्रबार प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँ रहेको चाँदीको भाउ आज आइतबार प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार