images
images

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै दुई दिन अत्याधिक गर्मि हुने, ‘लु’बाट बच्न के गर्ने ?

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै दुई दिन अत्याधिक गर्मि हुने, ‘लु’बाट बच्न के गर्ने ?

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै दुई दिन अत्याधिक गर्मि हुने, ‘लु’बाट बच्न के गर्ने ?

    काठमाडौँ / सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूको तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । 

    images
    images

    मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित तातो दिन तथा तातो लहर (लु) सम्बन्धी बुलेटिन अनुसार विगत केही दिनदेखि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको हो।

    आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने विभागले जनाएको छ । 

    उच्च तापक्रमबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रहसमेत गरेका छन् । 

    तसर्थ, ती भूभागहरूमा आगामी २ दिन शनिबार देखि आइतबारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

    सम्भावित असर तथा सुझावहरू

    तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।

    उपायहरू

    तातो हावा तथा तातो लहरबाट बच्न विभागले निम्नलिखित उपायहरू अपनाउन आग्रह गरेको छ । 

    बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने,

    बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने)

    हल्का लुगा लगाउने, 

    सुती कपडा लगाउने, 

    बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, 

    नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र 

    स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार