images
images

माछापुच्छ्रे बैङ्कद्वारा सल्यान जिल्लाको एक विद्यालयका लागि खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण

माछापुच्छ्रे बैङ्कद्वारा सल्यान जिल्लाको एक विद्यालयका लागि खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • images
    images
    माछापुच्छ्रे बैङ्कद्वारा सल्यान जिल्लाको एक विद्यालयका लागि खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण
    images
    images

    माछापुच्छ्रे बैङ्क लिमिटेडले सल्यान जिल्लामा अवस्थित त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । 

    images
    images

    बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सल्यान जिल्लास्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको  उक्त विद्यालयलाई त्रिभुवन जनमाध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी सहयोग गरेको हो । 
     
    बैङ्कले बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो । 

    News mbl.jpg
    विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैङ्कले उक्त  विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको हो । 

    २८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थियो । 

    News mbl.jpgउक्त समस्यालाई मध्यनजर गर्दै बैङ्कले स्थायी रूपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरू विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैङ्कले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरू निर्माण गरेको थियो । 

    बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार