images
images

हिजो ४४.२ डिग्री पुगेको नेपालगञ्जमा आजको मौसम कस्तो छ

हिजो ४४.२ डिग्री पुगेको नेपालगञ्जमा आजको मौसम कस्तो छ

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • हिजो ४४.२ डिग्री पुगेको नेपालगञ्जमा आजको मौसम कस्तो छ
    images
    images

    काठमाडौँ / नेपालगञ्जमा हिजो अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको  थियो । 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताएका थिए ।  

    उनका अनुसार  हिजो दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।

     यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । आज विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ । 

    काठमाडौँ र पोखरामासमेत तापक्रम बढिरहेको छ । हिजो  पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । 

    अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ । 

    हाल कोशी र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेपनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

    आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक– दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज मौसममा खासै फेरबदल नहुने देखिएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार