images
images

अमेरिकाले फेरि दिएन सन्दीपलाई भिसा

अमेरिकाले फेरि दिएन सन्दीपलाई भिसा

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • अमेरिकाले फेरि दिएन सन्दीपलाई भिसा

    काठमाडौँ / अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई अमेरिकाले भिसा दिन भने अस्वीकार गरेको हो ।

    images
    images

    सन्दीपले टी-२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । 

    सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौँको माइतीघरमा केही युवाहरुले प्रदर्शन पनि गरेका थिए । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।

     सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ ९क्यान० को तयारी थियो । तर, भिसा नपाएपछि उनेले विश्वकप खेल्न नपाउने भएका छन् ।  

    यसअघि उनले विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार