images
images

एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना : एलजी टिभी किन्दा ४० प्रतिशतसम्म छुटदेखि दुर्घटना बिमासम्मको सुविधा

एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना : एलजी टिभी किन्दा ४० प्रतिशतसम्म छुटदेखि दुर्घटना बिमासम्मको सुविधा

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना : एलजी टिभी किन्दा ४० प्रतिशतसम्म छुटदेखि दुर्घटना बिमासम्मको सुविधा
    images
    images

    काठमाडौँ / यसपाली टि२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ जसमा नेपाल सन २०१४ पछी दोस्रो पटक भाग लिदैछ। नेपाली क्रीकेट टिम यो केही समयदेखि क्रिकेटमा उच्च अन्तरराष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ र यसपालि नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ। 

    नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरू घरमै बसी बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तरराष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ । 

    यस योजना अन्तर्गत ग्राहकहरूले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन। 

    योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु. १ लाखको व्यक्तिगत दुर्घटना बिमा उपलब्ध छ। साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ। 

    कम्पनीका अनुसार ३२ इन्चदेखि ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन्।एलजीका क्युनेड टिभी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टिभीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको छ। र कुनैपनि एलजी टिभीको खरिदमा रु. १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ । 

    ग्राहकवर्गहरुले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । 

    यसका साथसाथै शून्य प्रशित ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ । 

    यो योजना जेठ १७ गतेदेखि नेपाल अधिराज्यभरी सीमित अवधिका लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार