images
images

दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात, आन्तरिक खपत २ हजार मेगावाट पुग्यो

दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात, आन्तरिक खपत २ हजार मेगावाट पुग्यो

आन्तरिक खपत विगत ७/८ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४ साढे ४ करोड युनिट पुगेको छ ।

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात, आन्तरिक खपत २ हजार मेगावाट पुग्यो

    काठमाडौँ / उत्पादनमा बृद्धि भएसँगै नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ । बर्षायामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन बढ्न थालेपछि विद्युत निर्यात सुरु गरिएको हो। 

    images
    images

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

    खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारी बिजुली भारत निर्यात भइरहेको जानकारी दिए ।

    उनका अनुसार पिक समयमा नेपालभित्रको खपत पनि २ हजार मेगावाट पुगेको छ । उनले भने, “खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ७/८ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४ साढे ४ करोड युनिट पुगेको छ ।”

    आन्तरिक माग पूरा गरी अतिरिक्त १ हजारदेखि १२ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात गर्ने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार प्राधिकरणले निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरण समक्ष प्रस्ताव पठाइसकेको छ ।

    द्विपक्षीय सम्झौता बमोजिम भारत बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४ सय मेगावाट हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए ।

    केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत् आयोजनाबाट उत्पादित ६ सय ५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ ।

    ६ सय ५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि १ सय १० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा खरिद–बिक्री अनुमति पनि पाएको छ ।

    ६ सय ५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५ सय ८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

    कार्यकारी निर्देशक घिसिङले बारा पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिमा केही समस्या रहेको बताए ।

    प्राधिकरणका अनुसार पिलुवा–परवानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटीएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ ।

    एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहको र कन्डक्टर बदल्ने काम २÷३ दिनमा सकिएपछि हालको समस्या समाधान हुने प्राधिकरणको भनाइ छ ।

    दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परवानीपुर १३२ केभी प्रसारण लाइनको क्षमता डबल हुनेछ । परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुने बताइएको छ ।

    प्राधिकरणले यस वर्षको हिउँद याममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । हिउँदमा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन घट्ने भएकोले माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार