images
images

नेपालमा ‘सिको’ले सञ्चालन गर्यो आफ्नो पहिलो फ्ल्यागशिप स्टोर,  २०० बढी मोडलका घडीहरू पाइने

नेपालमा ‘सिको’ले सञ्चालन गर्यो आफ्नो पहिलो फ्ल्यागशिप स्टोर,  २०० बढी मोडलका घडीहरू पाइने

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • नेपालमा ‘सिको’ले सञ्चालन गर्यो आफ्नो पहिलो फ्ल्यागशिप स्टोर,  २०० बढी मोडलका घडीहरू पाइने
    images
    images

    काठमाडौँ / प्रसिद्ध जापानीज वाच ब्राण्ड ‘सिको’ले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको छ । काठमाडौँको अपस्केल मार्केटको रूपमा स्थापित दरबारमार्गको वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो । 

    तिब्र विकासको क्रममा रहेका बजारहरुमा आफ्नो बलियो उपस्थिती जनाउने ‘सिको’को रणनीति अनुरूप यो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 

    यससँगै सिकोले नेपालको रिटेल मार्केटमा आफूलाई स्थापित गर्न कम्पनीले गरेको प्रतिबद्धतालाई थप सहयोग पुगेको देखिन्छ । 

    “गुणस्तरीयता, टिकाउका अलावा यसको डिजाईनको कलात्मकता र समयको सटिकतामा जति बयान गरे पनि कमै लाग्ने सिको नेपाली उपभोक्ताका लागि नयाँ नाउँ भने पक्कै होईन । विभिन्न माध्यमबाट दशकौँदेखि नेपाली उपभोक्ता माझ लोकप्रिय सिकोको नेपालमा बुटिक नै सञ्चालनमा आएको भने पहिलो पटक हो,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    एक समोराहबिच नेपालका प्रतिष्ठित सञ्चारकर्मी भूषण दाहाल तथा उद्योगी राज बहादुर शाह सिको बुटिकको उद्घाटन गरेका थिए । समारोहमा सिकोको प्रतिनिधिले समेत सहभागिता जनाएका थिए। 

    सो अवसरमा ब्राण्ड, सौन्दर्य तथा आधुनिकताको प्रतिनिधित्व गर्दै मोडल तथा कलाकार सोनिया विष्ट तथा रोनीशा श्रेष्ठले सिकोका विभिन्न मोडलका घडीहरू प्रदर्शन गरेका छन्।

    उद्घाटन समारोहका लागि एक विशेष सन्देश पठाउँदै प्रेसिडेन्ट निलान्द्री मजुमदार भन्छन्, “हामी काठमाडौँमा हाम्रो पहिलो स्टोर खोल्न पाउँदा रोमाञ्चित छौँ, संस्कृति, सम्पदा र इतिहासमा धनी शहर काठमाडौँमा हाम्रो उपस्थितीले हामीलाई उत्साही बनाएको छ । आधुनिकता तर्फ बढीरहेको बजार हो जसले गुणस्तर र क्राफ्टम्यासिप बुझ्ने दर्शकहरूलाई प्रतिनिधित्व गर्दछ । हामी विश्वस्त छौं कि हाम्रो नयाँ स्टोरले नेपालका घडी प्रेमीहरू र सङ्कलकहरूलाई अवस्य आकर्षित गर्नेछ ।”


    सिकोको पछिल्लो उत्पादनहरू उक्त स्टोरमा उपलब्ध हुनेछ भने उक्त ब्रान्डको क्राफ्टम्यानसिप र जापानी परम्पराबारे समेत जान्न सकिनेछ । कम्पनीले रुचि र प्राथमिकताहरूका लागि उपयुक्त सिको घडीहरूको विभिन्न २०० भन्दा बढी मोडलहरू एकै स्थानमा उपलब्ध गराएको छ ।
     
    सिको एक जापानी घडी निर्माता हो जसले १८८१ देखि उत्कृष्ट घडीहरू बनाउँदै आएको छ, किन्तारो हत्तोरीले १४० वर्ष अघि सुरु गरेको यो कम्पनीले निरन्तर नयाँ नयाँ उत्पादनहरू विश्व बजारमा ल्याइरहेको छ । 

    नवप्रवर्तन र थुप्रै ऐतिहासिक सुरुवातहरूको लागि विश्वव्यापी रूपमा प्रसिद्ध – १९१३ मा जापानको पहिलो घडीको उत्पादनदेखि १९६९ मा विश्वको पहिलो क्वार्ट्ज घडीको निर्माण र २०१२ मा विश्वको पहिलो जीपीएस सोलार घडीको सिर्जनासम्म सिको ब्राण्ड परिचित छ ।  

    भारतीय प्रिमियम वाच सेग्मेन्टमा सबैभन्दा छिटो सफलता हाँसिल गरेको ब्रान्ड सिकोले नेपाली बजारमा समेत आफ्नो उपस्थिती जनाउँदै आएको छ । सिकोको अलावा, आफ्नो विलासी ब्रान्ड ग्राण्ड सिको, फेसन ब्रान्ड अल्बा र प्रिमियम सिको कल्क्स पनि विश्व बजारमा बिक्री वितरण गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार