images
images

काठमाडौँ उपत्यकामा गर्मि बढ्यो, तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुग्ने अनुमान, अन्य स्थानमा कति ?

काठमाडौँ उपत्यकामा गर्मि बढ्यो, तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुग्ने अनुमान, अन्य स्थानमा कति ?

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • काठमाडौँ उपत्यकामा गर्मि बढ्यो, तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुग्ने अनुमान, अन्य स्थानमा कति ?

    काठमाडौँ / काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । 

    images
    images

    त्यसैगरी भैरहवाको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसका बीच रहनेछ भने बिराटनगरको ३५ देखि ३७ डिग्री सेल्सियस, जनकपुरको ३७ देखि ३९ डिग्री सेल्सियस, धनगढीको ४२ देखि ४४ र नेपालगञ्जको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान रहेको विभागले जनाएको छ । 

    हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मुख्यतया मौसमसफा रहने छ । 

    कोशी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार