images
images

सहकारी पीडितलाई ५ लाखसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

सहकारी पीडितलाई ५ लाखसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • सहकारी पीडितलाई ५ लाखसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्ताहरूलाई तत्काल ५ लाख रुपैयाँसम्म फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले यसले सहकारीको समस्या समाधान समाधान गर्दै जान सहयोग पुग्ने बताए । 

    images
    images

    उनले बजेटमा सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव गरिएको उल्लेख गरे ।सहकारीले धेरै राम्रो गरेको भए पनि केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र नै बदनाम भएको उनले बताए । 

    सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम भए पनि आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उनको भनाइ छ । 

    बजेटमा सहकारीको नियामक गठन गर्ने विषय पनि समेटिएको बताउँदै उनले समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने अर्थमन्त्री पुनले प्रतिबद्धता जनाए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार