images
images

यी हुन् स्वदेशी उद्योग संरक्षणका लागि बजेटमार्फत करमा गरिएको फेरबदल

यी हुन् स्वदेशी उद्योग संरक्षणका लागि बजेटमार्फत करमा गरिएको फेरबदल

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • यी हुन् स्वदेशी उद्योग संरक्षणका लागि बजेटमार्फत करमा गरिएको फेरबदल

    काठमाडौँ / अर्थमन्त्री बर्षमान पुनले स्वदेशी उद्योग संरक्षण र लगानी प्रवर्द्धनका लागि राजस्व (कर)मा केही फेरबदल गरिएको बताएका छ । आगामी आर्थिक वर्ष २०८१/८२ लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तशुल्कमा बृद्धि गरेको बताएका हुन् ।  

    images
    images

    उनले आगामी उद्योगलाई पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तिमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय गर्न औषधि, इन्डसन, इन्डक्सन चुलो, धोगो, हेलमेट, अगरबत्ति, सेनटरी प्याड, काजु, बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका कच्चापदार्थमा पैठारी महसुल र अन्तशुल्क घटाउने घोषणा गरेका छन् । 

    उद्योगको कच्चापदार्थको सहुलियत लिन विभिन्न निकायको सिफारिस आवश्यक पर्ने व्यवस्थालाई सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाएको उनले जानकारी दिए । 

    त्यस्तै, वैदेशिक पुँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ब्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको अर्थमन्त्री पुनले बताए । लगानी सम्भाव्य मुलुकबाट लगानी आप्रवाह बृद्धि गर्न दोहोरो करमुक्त सम्झौताको मोडल विकास गरिनेछ । सो नमुनाको आधारमा सम्भाव्य मुलुकसँग सम्झौता गर्न वार्ता सुरु गरिने सरकारको योजना रहेको छ । 

    यसैगरी सरकारले व्यापार सहजीकरण एवं लगानी प्रवद्र्धन गर्न नयाँ भन्सार ऐन तुर्जमा गर्ने जनाएको छ भने सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने घोषणा गरेको छ । 

    व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने अर्थमन्त्री पुनले बताए । यसबाट स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड लाभान्वित हुने उनको भनाइ छ । 

    त्यस्तै, दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ एक प्रतिशत कायम गरिने उनले बताए । 

    निकासीकर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेस गर्न नसक्ने अवस्थामा त्यस्तो कागजात पछि पेस गर्ने सर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको १० हजार अमेरिकी डलरबाट बृद्धि गरी २५ हजार अमेरिकी डलर पुर्याएको उनले जानकारी दिए । यसबाट साना तथा मझौला उद्योग लाभान्वित हुने उनको भनाइ छ । 

    यसैगरी सरकारले वनमारा, पातपतिङ्गर तथा खेर जाने सामाग्रीबाट बन्ने प्लेटको निकासीमा लाग्ने महसुल खारेज गरेको छ । 
    अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार व्यवस्थामा नै छुट दिने व्यवस्था गर्ने उनले घोषणा गरेका छन् भने भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेस गरेको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार