images
images

आलु, प्याज, स्याउलगायतमा लाग्ने कर खारेज, मदिरा र सूर्ति चुरोटमा बढ्यो

आलु, प्याज, स्याउलगायतमा लाग्ने कर खारेज, मदिरा र सूर्ति चुरोटमा बढ्यो

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • आलु, प्याज, स्याउलगायतमा लाग्ने कर खारेज, मदिरा र सूर्ति चुरोटमा बढ्यो

    काठमाडौँ / सरकारले मूल्य अभिवृ‌द्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको छ ।

    images
    images

    आगामी आर्थिक वर्ष २०८१/८२ लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले आगामी बर्ष आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गर्ने घोषणा गरे । 

    यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास रहेको भन्दै उनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गर्ने बताएका छन् । त्यस्तै, मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृ‌द्धि गरी ३० लाख पुऱ्याइएको उनले बताए । 

    आयकर प्रयोजनका लागि भौतिक उपस्थिति नभएको तर आर्थिक उपस्थितिलाई समेट्‌ने गरी बासिन्दाको परिभाषामा परिमार्जन गरेको जानकारी दिँदै उनले यसबाट अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मको बढ्‌दो प्रयोगबाट हुन सक्ने कराधारको क्षयीकरण रोक्ने आधार तयार गरिने बताए।

    त्यस्तै, आगामी बर्ष कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाउने अथर्मन्त्री पुनले बताए । गैरकरको दरमा समयसापेक्ष वृ‌द्धि गरिने र गैर कर राजस्वलाई लागत प्रभावी बनाइने उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार